तामाकोशी गाउँपालिकामा गाउँपालिका स्तरीय “सङ्घीयता कार्यान्वयनमा युवाको भूमिका” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न

0
Advertisement

दिपक बस्नेत


पुस २, तामाकोशी ।


तामाकोशी गाउँपालिकामा आज गाउँपालिका स्तरीय “सङ्घीयता कार्यान्वयनमा युवाको भूमिका” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । तामाकोशी गाउँपालिका भित्रका १६ देखि २४ बर्ष उमेर समुहका युवाहरुमा प्रतियोगिता गरिएको हो । राष्ट्रिय युवा परिषदको युवा प्रतिभाहरुको खोजि र प्रोत्सान कार्यक्रम अन्र्तगत प्रतियोगिता गरिएको तामाकोशी गाउँपालिका शिक्षा अधिकृत मेनुका बास्कोटाले जानकारि दिनु भयो ।


तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्रका ११ जना युवाको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा संयोजक नवलकिशोर झाले जानकारि दिनुभयो ।
आजको प्रतियोगितामा तामाकोशी गाउँपालिका वडा नम्वर ६ का अनामिका घिमिरे प्रथम, वडा नम्वर ५ का सविना फुयाँल द्धितीय, वडा नम्वर तीनका नविना पोखरेल तृतीय, वडा नम्वर ६ का युवराज फुयाँल सान्तोना हुनुभएको छ । आजको प्रतियोगितामा प्रथम र द्धितीय हुनेले जिल्लास्तर प्रतियोगितामा सहभागि हुन पाउँने छन । प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्तोना भएका सहभागि प्रतियोगिलाई नगद र प्रमाणपत्र वितरण गरिएको छ, भने अन्य सहभागि प्रतियोगिलाई प्रमाणपत्र वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here