दिपक बस्नेत
तामाकोशी, मंसिर ११ गते ।
आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज ब्रत बसी भगबान विष्णुको पुजाआजा गरी मनाउने गर्छन् । आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान स्वरुप स्वरुप मानिने वर र पिपलको पनि पुजा गरिने प्रचलन छ ।

देशभरिका नदीकिनार , चौतारो, खोला, धारापधेरा, कुवा कुलेसा बरपिपल भएको ठाउँमा एकादशीको दिन पारेर तोरन, मालाबानाएर टाग्ने चलन रहेको छ । यस्तै राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरुले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त बैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाग्ने प्रचलन रहेको छ । यता दोलखा, रामेछाप, सिन्धुलि लगाएको ठाउँमा पनि माला बनाएर टाँगिएको छ । यस्तै तामाकोशी गाउँपालिकाको तामाकोशी नदिमा माला तारिएको छ । तामाकोशी र मेलुङ गाउँपालिकाको मालूखोला, भेडुपु, ध्यङसुकाठोकर, भिरकोट, जफे, सितलि, लागाएतको ठाउँमा माला तारिएको हो ।

विश्वमाहामारीको रुपमा फैलिएको कोरान भाइरसले केहि हद सम्म रौनकतामा कमि आएपनि परम्परालाई निरन्तरता दिइएको छ । आजै बेलुका घरघरमा भजन किर्तन गरी जागराम बस्ने चलन समेत रहेको छ ।
