दिपक बस्नेत
मंसिर ९, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले पालिका भित्रका सहकारी संस्थाहरुलाई प्रविधिका सामान हस्तान्तरण गरेको छ ।
तामाकोशी गाउँपालिकाले पालिकाभित्र संचालनमा रहेका सहकारीहरुको बृद्धि विकास र सहकारी संचालनमा सहयोग पुगोस भन्ने उद्देश्यका लागि विनियोजित रकमबाट प्रविधिमा सहयोग कार्यक्रम अन्र्तगत सहकारीहरुलाई सामान हस्तान्तरण गरिएको तामाकोशी गाउँपालिकाका प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारि दिनु भयो ।
तामाकोशी गाउँपालिकाले डेक्सटप कम्प्युटर, फोटोकपि मेसिन, प्रिन्टर र पैसा गन्ने मेसिन हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले एक कार्यक्रमका विच हस्तान्तरण गनुभएको तामाकोशी गाउँपालिकाका सहकारी संयोजक पर्शुराम कार्कीले बताउनु भयो । तामाकोशी गाउँपालिका सहकारी मैत्रि गाउँपालिका हो । आजको सामान हस्तान्तरणले सहकारी संचालनमा थप सजिलो हुने संयोजक कार्कीको भनाई छ ।