मेलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ मा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न शिर्षकमा गरेको खर्चको विबरण सार्वजनिक

0
Advertisement

भाद्र ३१
दिपक बस्नेत , तामाकोशी ।
मेलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ मा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न शिर्षकमा गरेको खर्चको विबरण सार्वजनिक गरेको छ ।
दोलखाको मेलुङ्ग गाउँपालिकाले कोरोना नियन्त्रणका लागि आब २०७६र७७ मा १८ लाख ९५ हजार खर्च भएको जनाएको छ । कोरोना नियन्त्रणका लागि गाउपालिकाले विभिन्न शिर्षकमा सो रकम खर्च भएको जनाएको हो ।
पालिकाले सो रकम मध्ये स्वास्थ सामग्री तथा उपकरण खरिदमा ७ लाख ५१ हजार, कर्मचारीको पारिश्रमिकमा १ लाख ९५ हजार, स्वारी एम्बुलेन्स मर्मत तथा इन्धनमा १ लाख ९० हजार , जिल्ला समन्वय समितीको कोभिड नियन्त्रणकोषमा २ लाख रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वोकर्माद्धरा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
यसैगरि औसधि खरिदमा ७० हजार अत्ति बिपन्न परिवारलाई रहात सहयोगमा ९२ हजार तथा अन्य भाडाकुडा खरिद, सवारी खर्च , खाना तथा संचारको क्षेत्रमा खर्च भएको अधिकृत बिश्वोकर्माले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here