सभ्य जागरण युवा क्लव तामाकोशी गाउँपालिका वडा ६ च्यामाको पहलमा विभिन्न अभियान संचालन

0
Advertisement

भाद्र ३०, दिपक बस्नेत, तामाकोशी ।

सभ्य जागरण युवा क्लव तामाकोशी गाउँपालिका वडा ६ च्यामाको पहलमा विभिन्न अभियान संचालन गरेको छ ।
हाल क्लवले तामाकोशी गाउँपालिका वडा नम्वर ६ च्यामामा १० बेडको क्वरेन्टाइन निर्माण कार्यलाई अगाडि वढाएको छ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण को लागि दोलखा जिल्ला तामाकोशी गाउपालिका वडा नम्वर ६ च्यामा मा सभ्य जागरण युवा क्लव र डाइनामिक युवा क्लव च्यामाको समन्वय मा दश सैयाको क्वारेन्टाइन निर्माण कार्यमा अगाडी बढेको क्लवले जनाएको छ ।
क्लवले विश्व महामरिको रुपमा फैलिएको कोरोना भाइरस फैलिन नदिन विभिन्न सूचना जारि गर्दै आएको पाइएको छ । क्लवले जारि गारेको सूचना अटेर गरेमा वा नमानेमा जरिवाना समेत लिने सूचनामा जनाइएको छ । क्लवले वडालगाएत तामाकोशी गाउँपालिकामा समेत आफ्नो अभियानको बारेमा जानकारि गराएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here