तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा पाँच सैयाको अस्पताल संचालन हुने

0
Advertisement


भाद्र २८, दिपक बस्नेत, तामाकोशी ।


तामाकोशी गाउँपालिका अन्तर्गत वडा नम्वर ४ मालुमा अस्पताल संचालन हुने भएको छ । अस्पताल संचालनका लागि भवन र अन्य पूर्वाधार तयार भएको छ । तामाकोशी गापा ४ मालुका वडाध्यक्ष तथा तामाकोशी गाउँपालिकाका प्रवक्ता होमबहादुर श्रेष्ठले बताउनु भयो ।
मालुमा संचालन हुने अस्पतालबारे नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार पाच सैया को अस्पताल तामाकोसी गाउॅपालिका कार्यपालिका को निणर्य अनुसार वडानम्बर चार मालु मा सन्चालन हुने भएको हो ।
नेपाल सरकारले हालै प्रत्येक गाउँपालिकामा कम्तिमा एक अस्पताल अनिवार्य रूपमा स्थापना र संचालन गर्ने निर्णय गरेको थियो । यसै अनुसार मालुमा यो अस्पताल संचालन हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here