एकैदिन १४ सय ५४ कोरोना संक्रमित थपिए

0
Advertisement

शुक्रबार,२६ भदौ

देशभरका प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा ४६३ महिला र ९९१ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। उनीहरुमध्ये ६२० जना काठमाडौंका छन् भने ललितपुर र भक्तपुरका ३८/३८ जना छन् ।

२४ घण्टामा थप ९७२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here