तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा ११ जनालाई फुडपोइजन

0
Advertisement

दिपक बस्नेत,
भाद्र १४, तामाकोशी।

दोेलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा ११ जनालाई फुडपोइजन भएको छ । तीन जनालाई थप उपचारको लागि चरिकोट रिफर गरिएको छ । अन्यको तामाकोशी गाउँपालिकाको स्वास्थ्य टोलि लगाएत मालू स्वास्थ्य चौकिले घर घरमा गएर उपचार गरिएको मालू स्वास्थ्य चौकिका इन्चार्ज हरि बहादुर के.सी. ले जानकारि दिनु भयो ।
तीन जनामा थप समस्या देखिएपछि थपउपचारको लागि सदरमुकाम चरिकोट रिफर गरिएको छ । तामाकोशी गाउँपालिका वडा नम्वर ४ बाउण्डिमा एक विवाहमा गएका उनीहरुमा खाना खाइसकेपछि समस्या देखिएको र जाँच गर्दा फुडपोइजन भएको स्वास्थ्य चौकि इन्र्चज के.सीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here