दोलखाको मेलुङ गाउँपालिकामा बौलाहा कुकुरले टोकेका ३ जनाको मृत्यु

0
Advertisement

दोलखा, भदौ १० बुधवार

दोलखाको मेलुङ गाउँपालिकामा बौलाहा कुकुरले टोकेका ३ जनाको मृत्यु भएको छ । कुकुरले असार २२ टोकेको ५१ दिन पछि गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षिय युवक रामचन्द्र भण्डारी बुधवार विहान पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सोही कुकुरले टोकेका वडा नम्बर ५ र ६ का ८ र १४ वर्षिय वालकको यसअघि नै मृत्यु भैसकेको छ । गाउँपालिका स्वास्थ्य शाखाका अनुसार रेविजको लक्षण देखिएकाले कुकुरको टोकाईकै कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । स्वास्थ्य शाखाका प्रमुख का अनुसार उनीहरु सहित वडा नम्बर ५, ६ र ७ का १२ जना सर्बसाधरणलाई गत असार मसान्तमा कुकुरले टोकेको थियो । उनीहरुलाई तत्काल रेविज बिरुद्धको भ्याक्सिन लगाईएपनि ३ जनाको मृत्यु भएको हो ।

अन्यको ९ जना को अबस्था हाल सामान्य रहेको छ। तीन जनाको मृत्यु भएपछि सोही कुकुरले टोकेका अन्य ९ जना मा पनि त्रास बढेको छ। टोक्ने कुकुरलाई त्यही बेला मारिएको थियो । प्राण घातक रोग रेबिजको लक्षण शरीरमा देखिएपछि उपचार सम्भव छैन । ३ पटक तीनपटकसम्म भ्याक्सिन लगाउनु पर्छ । रेविज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here