काठमाडौँ उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस

0
Advertisement

मंगलबार, भदौ ९

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको छ। तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन काठमाडौंका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् । 

एसअघि घोषणा गरिएको एकसाताको निषेधाज्ञा बुधबार सकिँदैछ। अब के गर्ने भन्ने विषयमा आजै निर्णय गर्ने तयारी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here