दोलखाको तामाकोशी गाउँपालिकामा लक्ष्मी बैकले ग¥यो आफ्नो कारोवार सुरु

0
Advertisement


दिपक बस्नेत, साउन २८ तामाकोशी ।

दोलखाको तामाकोशी गाउँपालिका तीन जफेमा विगत लामो समयदेखि दोलखाको सदरमुकाम चरिकोटमा सेवा दिदै आएको लक्ष्मी बैंक चरिकोट शाखाको एक्सटेसन काउन्टरको स्थापना भएको छ ।
बैंक काउन्टरको गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ । काउन्टर उद्घाटन पछि अध्यक्ष पोखरेलले हालको पालिका केन्द्रमा काउन्टर स्थापना भएपछि स्थानियले आफ्नै ठाउँवाट वैंकको सेवा पाउने भएकाले स्थानियलाई सजिलो भएको वताउनु भयो ।


पालिका स्तरमा वैंकको सेवा नहुँदा स्थानिय सदरमुकाम धाउनु पर्ने वाध्यता रहेको थियो यसवाट मुक्त भइयो धेरै खुशि लाग्यो स्थानियको भनाइरहेको छ ।
विषेस गारि तामाकोशी गाउँपालिकाका स्थानियको सेवा सुविधाको लागि नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त संस्था लक्ष्मी बैंकले काउन्टर स्थापना गरेको बताइएको छ । बचतमा अधिक्तम ५ प्रतिसत व्यज र मुद्तिमा अधिक्तम ७.७५ प्रतिसत सम्म व्यज रहेको काउन्टर इन्चार्ज शिवहरि अधिकारीले बताउनु भयो । काउन्टरबाट सर्वसाधारणले पालिकाको सम्पुर्ण कारोवार गर्नपाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here