दोलखामा थप दुई जनामा कोरोना संक्रमण

0
Advertisement

दिपक बस्नेत


असार १८, तामाकोशी ।

दोलखामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखाका एक महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ । मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिंगमा प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना संक्रमण हुनेमा एक जना भिमेश्वर नगरपालिका वडा नम्बर ३, का भएपनि अर्का एक जनाको ठेगाना खुल्न सकेको छैन । सदरमुकाम चरिकोट स्थित क्वारेन्टाईनमा रहेका पुरुषको आरडीटी परीक्षण पछि स्वाब थप परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले पनि भिमेश्वर नगरपालिका ३ का एकजना पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको र उनको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको बताए । झाका अनुसार अर्का संक्रमितबारे बिस्तृत जानकारी आईनसकेको र बुझ्ने काम भैरहेको छ ।
जिल्लामै स्वाबको नमुना संकलन गरी पठाईएका मध्ये दोस्रो पटक संक्रमण पुष्टि भएको हो । त्यसैगरि दोलखामा गौरीशंकर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष र एक महिलामा कोरोना पुष्टि भएको थियो।त्यसैगरी बैतेश्वर गाउँपालिकाकि एक महिला कोरोना संक्रमण देखिएको दोस्रो र तेस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि उनी कोरोना मुक्त भएकी छन्।त्यसैगरि अघिल्लो महिना जेठमा भिमेश्वर नगरपालिकाका एक बृद्धको कोरोना संक्रमणको कारण काठमाडौंमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। दोलखा जिल्ला घर भएका ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here