आज बिहान चट्याङले लागेर सप्तरीमा चार जनाको मृत्यु, एक जना घाइते

0
Advertisement

असार ११ बिहीबार

सप्तरीमा आज बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। डाक्नेश्वर नगरपालिकामा १, महादेवा गाउँपालिकामा २ जना र राजगढ गाउँपालिकामा १ जनाको मृत्यु तथा १ जना चट्याङ्ले ज्यान गएको छ ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका २ जनाको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । खेतमा धान रोप्न जाँदा एक महिलार एक पुरुषको चट्याङ् लागेर मृत्यु भएको छ ।

बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here