तामाकोशी एफ एम ९५ मेगाहर्ज पहिलो वर्ष पार गर्दै दोस्रो वर्षमा प्रवेश

0
Advertisement

२०७७ असार ५ गते शुक्रबार

तामाकोशी संचार केन्द्रद्धरा संचालित सामुदायिक रेडियो तामाकोशी एफ एम ९५ मेगाहर्जको पहिलो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

२०७६ साल आसार ४ विधिवत रुपमा संचालन भएको तामाकोशी एफ एम पहिलो वसन्तपार गरि दोस्रो वसन्तमा प्रवेश गरेको छ । तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के सी को प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, रेडियो श्रोताको उपस्थिति रहेको थियो । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम संचालन गरिएको प्रशासनले जनाएको छ । विश्वव्यापि रुपमा फैलिएको कोराना भाइरसले असर पारिरहेका बेला भव्यरुपमा कार्यक्रम संचालन नगरिएको र जोखिमलाई मध्यनजर गदै विधिवतरुपमा कार्यक्रम संचालन गरिएको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अथिति तामाकोशी गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का के.सी. ले तामाकोशी एफ एम ९५ मेगार्हजले दिनरात नभनि जनतालाई शूसुचित गरेकोमा विशेष धन्यवाद व्यक्त गनु भयो । उपाध्यक्ष खड्काले पालिकाको नीति तथा कार्यक्रममा आम स्थानियको इच्छा तथा चाहानालाई कसरी संवोधन गर्न सकिन्छ भनेर सल्लाह सुझाव लिइरहेको जानकारी गराउनु भयो । कार्यक्रमका विषेश अथिति तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्वर चारका वडा अध्यक्ष होम बहादुर श्रेष्ठले तामाकोशी गाउँपालिका भित्र संचालनमा रहेको तामाकोशी एफ एमका लागि सक्दो सहयोग गर्ने र यसको संरक्षक रहने बताउनु भयो ।

कार्यक्रममा तामाकोशी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष महेशश्वर काफ्लेले कसैको आग्रह, दवाब र प्रतिसोधका आधारमा पत्रकारिता गर्नु हुदैन तामाकोशी एफ एम निष्पक्ष रुपमा संचालन होस भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा गोल्मेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यपक संजय कुमार खड्काले यो विकराल घडिमा पनि एफ एमले रचनात्मक काम गरेको बताउनु भयो । कार्यक्रमका बोल्दै नेकपाका वडा कमिटि अध्यक्ष खड्गविक्रम खड्काले काम गर्ने कर्मचारिले खटेर काम गर्नुभएको छ र आगामिदिनमा पनि यसैगरि अगाडि बढाउन आग्रह गर्नु भयो । कार्यक्रममा वोल्नु हुदै जफे सानाकिसान कृषि सहकारीका अध्यक्ष योग राज पोखरेलले सवै क्षेत्रको आवाजलाई समेट्न सकोस भन्नु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गिता पोखरलले रेडियोको उन्नतिको कामना गर्नु भयो । कार्यक्रममा गोल्मेश्वर मा.बि ब्यबस्थापन समितिका अध्यक्ष तथा एफ.एम. का कार्यक्रम संचालक हरि संकर पोखरेलले आफ्नो गाउँमा संचालन भएको संचार माध्यमले स्थानिय सुचना शिक्षा तथा मनोरन्जनात्मक कार्यक्रम प्रसारण गरि समाजलाई परिर्वतन गर्ने प्रयासमा सदैव साथ दिने जानकारि गराउनु भयो ।

तामाकोशी एफ एमका अध्यक्ष सुर्दशन पोखरेलले आफु उपस्थित हुन नपाएकोमा दुख व्यक्त गर्दै सम्पुर्ण श्रोता, विज्ञापन दाता, कार्यक्रम प्रयोजक, लागएत सुभेक्छुक सुभचिन्तकलाई सुभकामना सन्देश पठाउनु भएको छ । यस्तै साथ सहयाेगकाे सदैव पाउने आशा ब्यत्त गर्नु भयो |

एफ.एम का स्टेशन प्रमुख दिपक बस्नेतले एफ.एम कार्यक्रममा, रेडियोको संक्षिप्त विवरण परिचय , रेडियोको प्रसारण क्षेत्रहरु, हालको अवस्था, हाम्रो मुख्य अवधारणा, चुनौति, भविष्यको योजना, प्रशारित कार्यक्रम थप्ने कोरोना भाइरसले पारेको असर लगाएतको विषयमा प्रष्ट र्पादै चुनौति थपिएको वताउनु भयो । आगामि दिनहरुमा सबैको सल्लाह सुझावलाई मध्यनजर गर्दै अगाडी बढ्ने वताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here