रामेछापको गोकुलगंगाबाट भागेका कोराना संक्रमित दोलखाको तामाकोशी गाउँपालिकाको च्याँमामा भेटिए ।

0
Advertisement


दिपक बस्नेत, तामाकोशी ।

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिकाबाट आफूलाई कोरोना भाईरस लागेको थाहा पाएपछि भागेका बेतालीका एकजना पुरुष दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ६ च्यामास्थित ससुरालीमा फेला परेका छन् ।
गोकुलगंगा गाउँपालिका वडा नम्वर ४ वेतालिका कोरोना संक्रमण भएका पुरुष आज विहान तामाकोशी गाउँपालिका वडा नम्वर ६ च्याँमा ससुराली घरमा भेटिएको हो । उनी कोरोना संक्रिमित भएको थाहापाएपछि तीन दिन अघिदेखि बेपत्ता भएका थिए ।
कोरोना संक्रमण पुष्टि भएका व्यक्ति गाउँमा भेटिएपछि तामाकोशी गाउँपालिकाको सहरे, मालू , च्याँमा हावाँको मानिसमा त्रास छाएको छ । उनलाई यतिबेला प्रहरीको सहायतामा सदरमुकाम मन्थलीस्थित आइसोलेशनमा लगिएको जनाइएको छ ।

उनले आफू जंगलमै लुकेर बसेको र आज मात्र ससुरालीमा आएको बताएका छन् । केहि दिन देखि उनी फरार रहदा तनावमा परेको स्थानीय सरकार, वडा, प्रहरी र स्वास्थ्यकर्मिलाई राहतको महशुस भएको छ भने उनले कतिजनालाई कोरोना सारे भन्ने खोजी हुनु पर्ने र सबैको परिक्षण हुनु पर्ने आवाज स्थानीयवासीहरुको छ ।
संक्रमितले म विहान मात्र यहाँ आएको र कसैलाई पनि नभेटेको भनेता पनि तामाकोशी गाउँपालिका भित्र भेटिएका कोराना संक्रिमित व्यक्तिले भेटघाट गरेको पाइएमा पालिकाले तुरुन्त कदम चाल्ने तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुन कुमार मिश्रले जानकारि दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here