बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु, आमा पनि संक्रमित ,आजै १६६ जनामा कोरोना संक्रमण पुष्टि

0
Advertisement

१८ जेठ, बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । ८ दिनअघि भारतबाट नेपाल आएका थिए बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

२४ घण्टामा गरिएको कोरोना परिक्षणमा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here